काठमाडौं : अमेरिकी मध्यावधि चुनावमा राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टी हार नजिक पुगेको छ। विपक्षी डेमोक्र्याटिक पार्टीले सिनेटमा बहुमत प्राप्त गरेको छ र सदनमा पनि आफ्नो अग्रता कायम राखेको छ।प्रारम्भिक नतिजापछि,ट्रम्पले न्यूयोर्क टाइम्सलाई अन्तर्वार्ता दिँदै आफू नतिजा स्वीकार गर्न र विपक्षीसँग काम गर्न इच्छुक रहेको बताए। तल्लो सदन ‘हाउस अफ रिप्रिजन्टेटिभ्स’का सबै ४३५ र माथिल्लो सदन ‘सिनेट’का कूल १ सयमध्ये ३५ सिटका लागि निर्वाचन भएको हो।प्रारम्भिक नतिजाअनुसार विपक्षी डेमो