सुनको मूल्य उकालो लाग्दा चाँदी घट्यो,कतिमा हुँदैछ कारोबार ?

  • बुधबार १९ कात्िक २०८३ १२:०० PM
काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य उकालो लाग्दा चाँदी घटेको छ। सुनको मूल्य ६०० ले बढ्दा र चाँदीको मूल्य २० रुपैयाँले घटेको हो।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज ६०० रुपैयाँले बढेर  प्रतितोला सुन २ लाख ७५ हजार ६०० रुपैयाँमा कायम भएको छ। मंगलबार एक तोला सुनको मूल्य २ लाख ७५ हजार पुगेको थियो।यस्तै महासंघका अनुसार प्रतितोला चाँदीको भाउ ३ हजार ६५५ पुगेको छ। मंगलबार सोही परिमाणको चाँदीको मूल्य ३ हजार ६७५ कायम थियो।