मनास्लु क्षेत्रमा निरन्तर सुख्खा पहिरो

  • बुधबार १९ कात्िक २०८३ १२:०० PM
गोरखा : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा निरन्तर  सुख्खा पहिरो झरिरहेको छ । चुमनुब्री गाउँपालिका ५ क्य्राकमा मंगलबार बिहानदेखि अहिलेसम्म सुख्खा पहिरो झरिरहेको वडाअध्यक्ष काल्देन छेवाङ लामाले जानकारी दिए ।क्य्राकबाट सेराङ गुम्बा जाने बाटोमा करिब आधाघण्टाको पैदल दुरीमा पहिरो गएको लामाले जानकारी दिए । ‘क्य्राकबाट सेराङ जाने बाटोमा पर्ने बुम्राङमा ठूलो सुख्खा पहिरो झरिरहेको छ’, वडाअध्यक्ष लामाले भने,‘हिजो बिहान ११ बजेतिर बेस्सरी धुवाँ उँडेर पहिरो झर्‍यो । हामी एक बजेतिर गए