काठमाडौं । उत्तर भारत र पाकिस्तानका केही क्षेत्रमा वायु प्रदूषण बढेको छ । मंगलबार भारतको राजधानी दिल्ली र पाकिस्तानको लाहोरमा वायु प्रदूषणको स्तर निकै उच्च देखिएको हो । भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार दिल्लीको वायु गुणस्तर सूचकांक ९एक्यूआई० ३३२ पुगेको छ । यो ‘अति खराब’ श्रेणीमा पर्छ । त्यस्तै, आईक्यूएयरका अनुसार पाकिस्तानको लाहोरमा एक्यूआई