अन्तर्राष्ट्रिय सहयोग जुटाउन किन प्रस्ताव पठाउँदैन नेपाल ?

  • बुधबार १९ कात्िक २०८३ १०:०० AM
काठमाडौं :गत साता हरित जलवायु कोष (जीसीएफ) को ४६औं बोर्ड बैठकले विभिन्न देशलाई १.९ बिलियन डलरबराबरका परियोजनाहरू दिने निर्णय गर्‍यो। कोरियामा भएको उक्त बैठकबाट विभिन्न देशले २१ वटा परियोजनाका लागि यति ठूलो रकम हात पारे। तर, नेपालले यस्ता अन्तर्राष्ट्रिय सहयोग प्राप्त गर्न पर्याप्त प्रस्ताव नै नपठाएको जलवायुवित्तका जानकारहरू बताउँछन्। जलवायु परिवर्तनका क्षेत्रमा काम गर्नलाई स्थापना भएको सबैभन्दा ठूलो कोष हो, जीसीएफ। नेपालले हालसम्म यस कोषबाट १५७ मिलियन डलरबराबरको सहयोग प्राप्त गरेको अर्थ