भारत - पाकिस्तानको खेल हेर्न गएका मुम्बई क्रिकेटका अध्यक्षको हृदयघातबाट निधन  

काठमाडौँ । मुम्बई क्रिकेट संघका अध्यक्ष अमोल कालेको अमेरिकामा निधन भएको छ ।

टी-२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानको खेल हेर्न अमेरिका पुगेका ४७ बर्षिय कालेको हृदयघातका कारण निधन भएको भारतीय मिडियाले उलेल्ख गरेका छन् ।

न्युयोर्कको नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियममा आइतबार भारत र पाकिस्तानबीच भएको टी–२० विश्वकपको खेल हेर्न उनी एमसीएका अन्य दुई अधिकारीसँग पुगेका थिए ।

काले अक्टोबर २०२२ मा एमसीएको अध्यक्षमा निर्वाचित भएका थिए । उनले एमसीए अध्यक्षको चुनावमा १९९३ विश्व च्याम्पियन टोलीका सदस्य सन्दीप पाटिललाई हराएका थिए ।

कालेले मुम्बईका लागि रणजी र अन्य घरेलु प्रतियोगितामा खेल्ने घरेलु खेलाडीको म्याच शुल्क दोब्बर बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

महाराष्ट्र क्रिकेट संघको अध्यक्ष हुनुको अलावा, उनी टेनिस(बल फ्रेन्चाइजी क्रिकेट लीग इन्डियन स्ट्रीट प्रिमियर लिगको सह(प्रवर्तक पनि थिए ।