जेठ ३० गते अगावै राप्रपाले माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गरेको छ ।

प्रतिनिधि सभाको आज बसेको बैठकमा राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले यही जेठ ३० गतेअगावै प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुपर्ने बताएका हुन् । युद्ध अपराध गरेको भन्दै प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेका कारण प्रधानमन्त्री प्रचण्डले पदबाट राजीनामा दिनुपर्ने सांसद माग छ ।