भारतीय विदेश सचिव मिस्री आज नेपाल आउँदै, प्रधानमन्त्री बालेनसँग भेट गर्ने

  • बुधबार १९ कात्िक २०८३ ०८:०० AM
काठमाडौं : भारतीय विदेश सचिव विक्रम मिस्री दुई दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन्। नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गर्ने कार्यसूची छ। मिस्रीले नेपालसँग द्विपक्षीय, क्षेत्रीय तथा विश्वव्यापी चासोका विषयमा छलफल गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ। भारत र नेपालबीच बलियो तथा मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गर्दै मन्त्रालयले विभिन्न क्षेत्रमा दुई देशबीचको सहकार्यमा उल्लेखनीय प्रगति भएको जनाएको छ। मिस्रीको आसन्न भ्रमणले दुई