कर्णाली । कर्णाली प्रदेश सरकारको आज सुर्खेतस्थित वीरेन्द्रनगरमा बसेको मन्त्रिपरिषद् बैठकले पाँच निर्णय गरेको छ । बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा योगदानमा आधारित निवृत्तिभरण कोष (स्थापना तथा सञ्चालन) सम्बन्धी विधेयक, २०८३ प्रदेशसभामा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ । त्यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको प्रस्तावमा बीउबिजन परीक्षण तथा गुणस्तर नियमन