प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराई विरुद्ध सर्वोच्चमा रिट दर्ता 

 काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

माओवादी सशस्त्र द्वन्द्वकालमा बालबालिकाहरूलाई लडाकुको रूपमा प्रयोग गरेको आरोपमा पूर्व बाल सैनिकहरूले प्रधानमन्त्री दाहाल र पूर्व प्रधानमन्त्री भट्टराईविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका हुन् ।

यसअघि विष्टको रिट सर्वोच्च प्रशासनले संक्रमणकालीन न्याय अनुरुप निरुपण हुने भन्दै रिट दरपीठ गरिदिएको थियो । दरपीठविरुद्ध विष्टले दिएको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले गत शुक्रबार रिट दर्ता गर्न आदेश दिएको छ । निवेदकहरूलाई जेठ ३० मा पेसी तारेखका लागि अदालत बोलाइएको छ ।

बहिर्गमन जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन बिष्टसहित नौ जनाले दर्ता गरेको रिटमा दाहाल र भट्टराईमाथि अनुसन्धान गर्न प्रचलित कानुन अनुसार कारबाही गर्न माग गरिएको छ। उनीहरूले दाहाललाई प्रधानमन्त्रीबाट निलम्बन गर्न समेत माग गरेका छन् ।