पोखराले लुम्बिनीलाई दियो ९८ रनको सामान्य लक्ष्य

  • मङगलबार १८ कात्िक २०८३ ०१:०९ PM
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई ९८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९७ रन बनायो । पोखराका लागि चामिका करुणारत्नेले सर्वाधिक २५ रन बनाए । उनले १७ बलमा २ छक्का प्रहार गरे ।