'सरकारले करको दर हेरफेरको औचित्य पुष्टि गर्नुपर्छ' : गगन थापा

 काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य गगन थापाले बजेटमार्फत गरिएको करको दर हेरफेरबारे सरकारले औचित्य पुष्टि गर्नुपर्ने बताएका छन् ।

आज आइतबार संसदमा बजेटमाथिको छलफलका क्रममा थापाले बजेटमार्फत गरिएका करका दर हेरफेरले उपभोक्तालाई असर पर्न सक्ने भन्दै त्यसबारे सरकारले औचित्य पुष्टि गर्नुपर्ने बताएका हुन् ।

यस्तै्र, उनले बजेट कार्यान्वयन गरेर परिणाम ल्याउन नसक्ने कुरालाई सबैले स्वीकार गर्नुपर्ने बताएका छन् । बजेटको आकार ठूलो भए पनि वास्तविक परिणाम दिन नसक्ने भन्दै यसलाई स्वीकार गर्नुपर्ने उनको भनाइ थियो ।

चालू आर्थिक वर्षमा राजस्व संकलनको अवस्था हेर्दा अर्को आर्थिक वर्षको लक्ष्य समेत पूरा हुन नसक्ने देखिएको उनको भनाइ छ । सांसद थापाले बजेट कार्यान्वयनबाट लगानीको विस्तार, रोजगारीको अवसरमा वृद्धि, अर्गतन्त्र सुधारका साथै वित्तीय अनुशासनमा ध्यान दिएर राजस्व हासिल गर्ने दिशामा अघि बढ्न सुझाव दिए ।