आजको शेयर बजार : नेप्से ४०.४८ अंकले बढ्यो, ३ अर्ब ४५ करोड ४३ लाखबढीको कारोवार 

 काठमाडौँ - साताको कारोबारको पहिलो दिन आज सेयर बजार बढेको छ । आइतबार नेप्से परिसूचक ४०.४८ अंकले बढेर १९८०.०९ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.१० अंकले बढेर ३७०.५२ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २७५ कम्पनीको ९५ लाख २८ हजार २५५ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ४५ करोड ४३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । कारोबारको आधारमा नागरिक लगानी कोषअग्रिम स्थानमा छ । यसको आज १० करोड १३ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै दोस्रोमा आइजिआइ शिभम् सिमेन्ट र आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्सको कारोबार भएको छ ।