काठ्माण्डौँ : स्पेनमा भीषण रेल दुर्घटनामा कम्तीमा ६९ जनाको मृत्यु भएको ६ दिनपछि यातायातमन्त्री ओस्कार पुएन्तेले पदबाट राजीनामा दिएका छन् ।मन्त्री पुएन्तेले संसद्मा बोल्दै एक वर्षभन्दा कम अवधिमा यति गम्भीर प्रकृतिका दुई रेल दुर्घटना भएपछि पदमा रहिरहन नैतिक रूपमा उचित नहुने बताएका छन् ।गत अक्टोबर २८ मा राजधानी म्याड्रिडको दक्षिणमा पर्ने उर्दा नजिकै सरकारी रेल कम्पनी रेन्फेको तीव्र गतिको रेलले रोकिराखिएको निजी कम्पनी इरियोको रेललाई पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा ६९ जनाको मृत्यु हुनुका साथै द