काठ्माण्डौँ : युरोपका विभिन्न देशमा उडिरहेका सात यात्रुवाहक विमानलाई बम राखिएको आशंकासहित सुरक्षा जाँच गरिएको छ । बेलायतबाट उडेका दुई विमानसहितका जहाजमा अज्ञात व्यक्तिबाट बमको धम्की आएपछि सम्बन्धित देशका सुरक्षा निकायले जाँच गरेका हुन् ।आयरल्यान्डको डब्लिन र पोर्चुगलको लिस्बनबाट रोम पुगेका र्यानएयरका दुई विमानमा पनि जाँच गरिएको थियो । इटालीको फ्युमिचिनो विमानस्थलका अधिकारीका अनुसार दुवै विमानमा कुनै पनि विस्फोटक पदार्थ भेटिएन ।डब्लिनबाट आएको विमानलाई अवतरणअघि इटालियन वायुसेनाले सुरक्षा निगर