हेटौंडा : बैंकिङ कसुरसम्बन्धी मुद्दामा दीक्षान्त बानियाँ पक्राउ परेका छन्।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई सोमबार भैरहवाबाट पक्राउ गरेको हो।हेटौंडा उपमहानगरपालिका-१८ निवासी बानियाँलाई नेपाल राष्ट्र बैंकको जाहेरीका आधारमा उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिएर नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ।बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत अनुसन्धान भइरहेका बानियाँलाई अदालतबाट चार दिनको म्याद थप गरी हिरासतमा राखिएको छ।