गुण्डुमा केपी ओली र गगन थापाबीच भेटवार्ता

  • मङगलबार १८ कात्िक २०८३ १०:०० PM
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति गगनकुमार थापाबीच भेटवार्ता भएको छ। मंगलबार कांग्रेस सभापति थापा भक्तपुरको गुण्डुस्थित निवासमा एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन्। स्रोतका अनुसार उनीहरूबीच समसामयिक विषयमा छलफल भएको थियो। पछिल्लो पटक विकसित राजनीतिक घटनाका विषयमा पनि उनीहरूबीच छलफल भएको बताइएको छ।