आजको बिनिमयदर कस्तो छ ?


काठमाडौँ - नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । अमेरिकी डलर बिहीबार ९ पैसाले घटेको हो। अघिल्लो दिन अर्थात बुधबार डलर ३९ पैसाले बढेको थियो ।

बिहिबार एकको अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४८ पैसामा कारोबार भएको छ। यसाअघि बुधबार खरिद मूल्य १३० रुपैयाँ ९७ पैसा र बिक्री मूल्य १३१ रुपैयाँ ५७ पैसा कायम गरिएको थियो।

नेपाल राष्ट्र बैंकले बुधबार युरोपियन युरोको एकको खरिददर १४३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४४ रुपैयाँ २ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ४५ पैसाले घटेको हो । यसअघि बुधबार युरोको खरिदमूल्य १४३ रुपैयाँ ८१ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ ४६ पैसा कायम गरिएको थियो।

त्यस्तै, बिहीबार पाउण्ड स्टर्लिङ एकको खरिदमूल्य १६५ रुपैयाँ ११ पैसा र बिक्रीमूल्य १६५ रुपैयाँ ८६ पैसा पाइन्छ भने अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ३८ पैसा र बिक्रीमा ८८ रुपैयाँ ७८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ७३ पैसा र बिक्रीमा ९८ रुपैयाँ १७ पैसा पाइन्छ।