बागलुङमा जुवा खेलिरहेको अवस्थामा रास्वपा नेतासहित ९ जना पक्राउ

  • मङगलबार १८ कात्िक २०८३ ०९:०० PM
बागलुङ : बागलुङमा जुवा तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता अमर खड्काको घरमा जुवा खेलिरहेको अवस्थामा छापा मारेर ९ जनालाई १ लाख ६४ हजार रुपियाँ नगद र ४३८ पत्ती ताससहित नियन्त्रणमा लिएको जनाएको छ।बागलुङ नगरपालिका-२ का खड्का रास्वपाका क्षेत्रीय सभापति हुन्। पक्राउ पर्नेमा ६४ वर्षीय खड्का सहित बागलुङ नगरपालिका–२ का ४२ वर्षीय चिरञ्जीवी शर्मा, ६३ वर्षीय रिपोर्ट जिसी, ३५ वर्षीय हरि शर्मा, ५० वर्षीय