काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सको खराब लय कायमै रहेको छ। मंगलबार लुम्बिनी लायन्ससँग ८ विकेटले पराजित भएसँगै पोखराले प्रतियोगितामा लगातार तेस्रो हार बेहोरेको हो। पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११.४ ओभरमै २ विकेट गुमाएर पूरा गर्यो। कप्तान रोहित पौडेलले अविजित ४७ रनको पारी खेले । यस्तै, निरोशन डिकवेला २७ रनमा नटआउट