नेपाली कांग्रेसका नेता नैनसिंह महरले न्यायपालिकासहित राज्यका प्रमुख अङ्गहरूको स्वतन्त्रता र विश्वसनीयतामाथि आँच आउन नहुने बताएका छन् । राष्ट्रिय संस्थाहरू कमजोर बन्दै जाँदा समग्र राज्यशक्ति पतनको जोखिम रहने उल्लेख गर्दै उनले संस्थागत सुदृढीकरणमा जोड दिएका छन् । पछिल्ला दिनहरूमा न्यायपालिका तथा राज्यका अन्य निकायहरू ‘सेटिङ’ र विवादमा मुछिएको विषय बाहिर आएपछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक