भारतको सिक्किममा आयोजना हुने ‘सिक्किम आइडल इन्टरनेशनल सिजन–३’ का लागि काठमाडौं सहित विभिन्न सहरमा अडिसन सञ्चालन गरिने भएको छ । प्रतियोगिताको आयोजक टोलीले काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै अडिसनको तालिका सार्वजनिक गरेको हो । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको संरक्षण तथा प्रमुख संरक्षक ज्याकब खालिङको अवधारणामा आयोजना हुन लागेको प्रतियोगितामार्फत उदीयमान संगीत प्रतिभाको अन्तर्राष्ट्रिय खोजी गरिने