भद्रपुरमा विद्यार्थी महोत्सव हुँदै, कला, विज्ञान र प्रतिभा प्रदर्शन गरिने

  • मङगलबार १८ कात्िक २०८३ ०८:०० PM
झापा : झापाको भद्रपुरमा विद्यार्थीको प्रतिभा, सिर्जना, सीप तथा क्षमतालाई उजागर गर्ने उद्देश्यले तीनदिने ‘विद्यार्थी महोत्सव’ आयोजना हुने भएको छ।भद्रपुर नगरपालिकाले आफ्नो स्थापना भएको ७५औँ वर्ष अर्थात् हीरक महोत्सवको सन्दर्भ पारेर विद्यार्थी महोत्सव आयोजना गर्न लागेको हो। ‘सीप, सिर्जना र प्रतिभाको उत्सव, समृद्ध भविष्यका लागि विद्यार्थी महोत्सव’ भन्ने नाराका साथ भद्रपुर–८ स्थित मेची रंगशालामा कात्तिक १८ देखि २० गतेसम्म महोत्सव सञ्चालन हुने नगरप्रमुख गणेश पोखरेलले जानक