काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको १३औं खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले हराएको छ। कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९७ रन बनाएको थियो। पोखराले दिएको ९८ रनको सहज विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले ११.४ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। लुम्बिनी लायन्सका ओपनरद्वय सस्तैमा पेभेलियन फर्किए। आसिफ शेख ७ र डार्सी सर्ट १३ रनमा पेभेलियन फर्किए। आसिफ ७ रनमा