एजेन्सी– इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मार्ने धम्कीसहितका विशाल होर्डिङ बोर्ड तथा ब्यानर राजधानी तेहरानका विभिन्न स्थानमा प्रदर्शनमा राखेको छ। तेहरानको व्यस्त एन्गेलाब स्क्वायरमा राखिएको विशाल होर्डिङमा ‘हामी ट्रम्पलाई मार्नेछौँ’ भन्ने सन्देश लेखिएको छ। उक्त होर्डिङमा ट्रम्पलाई जेलभित्र टाउको निहुराएर बसेको अवस्थामा चित्रण गरिएको छ। त्यस्तै, उत्तरी तेहरानको ताज्रिस स्क्वायरमा आयोजित खुला प्रदर्शनीमा ट्रम्पका विभिन्न