खटाएको ठाउँमा नजाने कर्मचारीलाई मन्त्रालयले कारबाही गर्ने

काठमाडाैँ - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही गर्ने तयारी गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले मन्त्री स्तरीय निर्णय गर्दै प्रचलित कानून बमोजिम सरुवा, पदस्थापन, काजमा खटाइएका र काज फिर्ता गरिएका निकाय तथा कार्यालयमा रमाना भई जानुपर्नेमा अहिलेसम्म पनि रमाना नलिएको भन्दै कारबाही गर्ने तयारी गरेेका हुन् ।