रौतहटमा तीनवटा खुट्टा भएकी नवजात बालिकाको जन्म भएपछि स्थानीय क्षेत्रमा कौतूहल र चासो बढेको छ । राजपुर नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र फरहदवामा सोमबार बिहान असामान्य शारीरिक बनावट भएकी ती बालिकाको जन्म भएको हो । गुजरा नगरपालिका–८ कनकपुर निवासी २८ वर्षीया नुसिदा खातुनले सोमबार बिहान करिब ५ बजे सामान्य प्रसूतिमार्फत बालिकालाई जन्म दिएकी स्वास्थ्य केन्द्रले जनाएको