काठमाडौं : नेपाली कांग्रेस देउवा समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको आधिकारिकता दाबी गर्नेहरूसँग कांग्रेसको आत्मा नरहेको बताएका छन्।मंगलबार सम्पर्क कार्यालयमा आयोजित पत्रकार भेटघाटमा महतले गगनकुमार थापाप्रति लक्षित गर्दै आधिकारिकता दाबी गर्नेहरू वैचारिक तथा पार्टी सञ्चालनका दृष्टिले सही ठाउँमा नरहेको बताएका हुन्। उनले थापाको नेतृत्वको भएको विशेष महाधिवेशनदेखि १५औं महाधिवेशनमा समेत सहभागी भएका नेता-कार्यकर्ताहरू पनि अहिले देउवा समूहमा आउन थालेको दाबी गरे। साथै, हालसम्म आफूहरूसँग नजोडिएक