ढल्केवर : धनुषाको बडहरीमा पहिलोपटक मिथिला महोत्सव आयोजना हुने भएको छ। स्थानीय कला, संस्कृति तथा खेलकुदको प्रवर्धनसँगै आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले मिथिला नगरपालिका–८ स्थित बडहरीमा स्थानीय बेंगाडावर युवा क्लबले आगामी कात्तिक २४ गतेदेखि महोत्सव सञ्चालन गर्न लागेको हो।तिहार र छठको अवसर पारेर स्थानीयस्तरमा मनोरञ्जनात्मक गतिविधिको अवसर सिर्जना गर्नुका साथै व्यापारिक तथा आर्थिक गतिविधिलाई गति दिने लक्ष्य महोत्सवले राखेको आयोजकले जनाएको छ। बडहरीमा पहिलोपटक आयोजना हुन लागेको म