ओखलढुङ्गा : राजनीति भनेको चुनावका बेला भाषण छाट्नु र आश्वासन बाँड्नु मात्र होइन, विपन्नको छाप्रो छाउनु, बाटो खन्नु र गाउँ सफा राख्नु पनि हो। यही मान्यतालाई आत्मसात् गर्दै श्रम संस्कृति पार्टीले खोटाङ र ओखलढुङ्गाका दुर्गम गाउँहरूमा श्रम, सेवा र सामाजिक उत्तरदायित्वको नयाँ राजनीतिक संस्कार थालेको छ।विपन्न तथा अशक्तहरूका लागि घर बनाउने र बाटोघाटो खन्ने काम गर्दै आएको पार्टीले सोमबार आफ्नो पहिलो वार्षिकोत्सव ठूला समारोहबिना, सामूहिक श्रमदान र सरसफाइ गरेर मनाएको छ। खोटाङको हाडडाँडादेखि देनीथान