काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको १३औं खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई ९८ रनको विजयी लक्ष्य प्रस्तु गरेको छ। कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९७ रन बनायो। आजको खेलमा लुम्बिनीको किफायती बलिङमा पोखराको ब्याटिङ ध्वस्त भयो। पोखरा एभेन्जर्सको लागि चमिका करुणारत्नेले सर्वाधिक २५ रन बनाए। उनले १७ बलमा २ छक्का प्रहार गरे। कप्तान कुशल भुर्तेलले १४ रन बनाए। &nb