काठमाण्डु- बिचौलियासँगको उठबसका कारण प्रश्न उठेका सर्वोच्च अदालतका न्यायाधीशहरूमाथि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाभियोग अघि बढाए छुट्टै संसदीय छानबिन समिति नचाहिने निष्कर्षमा विपक्षी दलहरू पुगेका छन्। मंगलबार बसेको विपक्षी दलहरूको बैठकमा महाभियोगको प्रक्रिया अघि बढेको अवस्थामा त्यसैअन्तर्गत गठन हुने समितिबाट छानबिन गर्न सकिने भएकाले छुट्टै संसदीय समिति माग गर्न आवश्यक नरहेको निष्कर्ष निकालिएको