नेपाल सरकारले लुम्बिनी विकास कोषको सदस्य सचिव पदमा संरचनागत इन्जिनियर सन्तोष पाण्डेलाई नियुक्त गरेको छ । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको पूर्वाधार विकास, गुरुयोजनाको प्रभावकारी कार्यान्वयन तथा व्यवस्थापकीय पक्षलाई थप सुदृढ बनाउने उद्देश्यसहित सरकारले पाण्डेलाई उक्त जिम्मेवारी सुम्पेको हो । इन्जिनियरिङ क्षेत्रमा एक दशकभन्दा लामो कार्यअनुभव सँगालेका पाण्डे सहरी पूर्वाधार, भवन निर्माणको संरचनागत सुरक्षा, भवन संहिता