पत्रकार पक्राउबारे सरकारको स्पष्टीकरण- हामीले कुनै निर्देशन दिएका थिएनौँ

  • मङगलबार १८ कात्िक २०८३ १२:४० PM
सरकारले पत्रकारहरूमाथि भएको धरपकडमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पत्रकारमाथिको धरपकडबारे प्रहरीले सरकारसँग अनुमति नलिएको र सरकारले कुनै निर्देशनसमेत नदिएको बताए । उनका अनुसार प्रहरीका केही आन्तरिक सूचना चुहावट भएको र त्यसबारे बुझ्न प्रहरीले सोधपुछ गरेको