कोशीका मुख्यमन्त्री कार्कीले वैशाख ३१ गते विश्वासको मत लिने

विराटनगर - कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी वैशाख ३१ गते विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका छन् । 

मुख्यमन्त्री कार्कीले वैशाख ३१ गते विश्वासको मत लिने गरी शुक्रबार प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् । प्रदेश सभाको अधिवेशन सोही प्रयोजन र बजेट छलफलका लागि आह्वान भइसकेको छ । कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख २७ गते बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।