काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक समितिले तिहारको साइत सार्वजनिक गरेको छ। यसवर्ष भाइटीकाको शुभसाइत ११:०७ बजे रहेको छ।कात्तिक २५ गते भाइटीका गर्दा दाजुभाइ पश्चिम फर्किने र दिदीबहिनीहरू पूर्व फर्केर टीका लगाइदिने समितिले जनाएको छ।त्यस्तै २१ गते काग तिहार, २२ गते कुकुर तिहार, लक्ष्मी पूजा, २३ गते गाई पूजा र २४ गते गोबर्द्धन पूजा, म्हपूजा रहेको समितिले जनाएको छ।