'विदेशमा बैंक डुबेको हल्ला चले पनि नेपालमा त्यस्तो मन्दि छैन, बैंकहरु डुब्दैनन्' : गभर्नर अधिकारी

काठमाण्डौँ - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बाह्य क्षेत्रमा सुधार आएको भन्दै सानो धक्काले समस्यामा नपर्ने बताएका छन् । पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले गत वर्ष शोधनान्तर, चालु खाता घाटा अत्याधिक रहेको भन्दै अहिले यस्तो अवस्था नरहेको बताएका छन् । 

“चालु आर्थिक वर्षमा औसतमा महिनामा एक खर्बको दरले रेमिट्यान्स भित्रिएको छ,” गभर्नर अधिकारीले भने, “गत वर्ष ४ खर्बभन्दा बढीले घाटामा रहेको चालु खाता ४४ अर्बले घाटामा छ । शोधनान्तर करिब डेढ खर्बले बचतमा आएको छ ।”

उनले विदेशमा बैंक डुबेको कारण नेपालमा बैंक डुब्ने हल्ला चले पनि नेपालका बैंकहरू बलियो भएको जानकारी दिए ।