फुर्केखोलामा पन्टुन पुल सञ्चालन गर्न १३ पालिका एकजुट

  • मङगलबार १८ कात्िक २०८३ ०५:०० PM
धादिङ : भोटेकोशीमा आएको बाढीले धादिङको मलेखुस्थित फुर्केखोलाको पक्की पुल बगाएपछि अवरुद्ध सडक सम्पर्क पुनःस्थापित गर्न जिल्लाका १३ वटै स्थानीय तह एकजुट भएका छन्। फुर्केखोलामा अस्थायी पन्टुन पुल ल्याएर सञ्चालन गर्ने र त्यसका लागि लाग्ने खर्च सबै पालिकाले साझा रूपमा व्यवस्थापन गर्ने सहमति भएको छ। धुनीबेँसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यको अध्यक्षतामा बसेको जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको बैठकले पन्टुन पुल ल्याउने, जडान गर्ने र सञ्चालन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको