प्रेस काउन्सिलसहित दुई अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय

  • मङगलबार १८ कात्िक २०८३ ०५:०० PM
काठमाडौं : सरकारले प्रेस काउन्सिलसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रेस काउन्सिल नेपाल २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको बताए।त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनलगायत केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश पनि राष्ट्रपतिलाई सिफारिस गरिएको उनले बताए।