ओलीसहितलाई प्रचण्डको आग्रह : सबै कम्युनिस्टबीच एकता गरौँ, हामी मिल्नु आवश्यक भइसक्यो

  • मङगलबार १८ कात्िक २०८३ १०:१७ AM
काठमाण्डु- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले नेकपा एमालेसहित विभिन्न धारामा विभाजित कम्युनिस्ट पार्टी तथा समूहलाई एकता प्रक्रियामा आउन आह्वान गरेका छन्। उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँगको एकता घोषणा सभालाई सम्बोधन गर्दै दुवै नेताले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नु अहिलेको आवश्यकता भएको व्याख्या गरे। उनीहरूले एमालेभित्र असन्तुष्ट भएर बसिरहेका नेता–कार्यकर्तादेखि