रसेलको अलराउण्ड प्रदर्शनमा जनकपुरमाथि विराटनगरको रोमाञ्चक जित

  • मङगलबार १८ कात्िक २०८३ १०:३३ AM
काठमाण्डु- आन्द्रे रसेलको अलराउण्ड प्रदर्शनसँगै विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित हात पारेको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको हो। विराटनगरले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन मात्र बनाउन सक्यो।