जनकपुरविरुद्ध विराटनगर २ रनले विजयी, रसेलको सानदार अलराउन्ड प्रदर्शन

  • मङगलबार १८ कात्िक २०८३ १०:२७ AM
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले दोस्रो जित निकालेको छ । मंगलबार सम्पन्न रोमाञ्चक खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको हो । अन्तिम ओभरसम्म प्रतिस्पर्धात्मक बनेको खेलमा विराटनगरले दिएको लक्ष्य पछ्याएको जनकपुर जित नजिक पुगेर पनि सफल हुन सकेन । यस जितसँगै विराटनगरले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ ।