काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्याललाई भेटेर विपक्षी दलहरूको निर्णयबारे जानकारी गराएका छन् । मंगलबार दिउँसो सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा आङ्देम्बेले सोमबार बसेको विपक्षी दलहरूको बैठकका निर्णयबारे जानकारी गराएका हुन् । सोमबार बसेको विपक्षी दलहरूको बैठकले संघीय संसद्को अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गरेको थियो