वैवाहिक बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ

काठमाडौं - प्रहरीले न्याय परिषदमा कार्यरत न्यायाधीश भुवन गिरीलाई पक्राउ गरेको छ। उनलाई मंगलबार प्रहरीले सामाखुशीबाट पक्राउ गरेको हो ।

उनीविरुद्ध वैवाहिक जबरजस्ती करणी मुद्दा परेपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जिल्लाअदालतसमक्ष अनुसन्धानका लागि पक्राउ पुर्जी माग गरेको थियो।

जसअनुसार अदालतले उनलाई पक्राउ गर्न आदेश दिएको हो ।