रवि जि, तपाईं अपराधी हो जेल जानुपर्छ !

 

काठमाडौँ - चितवन आफैमा भाैगाेलिक अवस्थाले धनी छ, यहाँ तराई, मध्य पहाडी र पहाडी भुगाेल अवस्थित छ ! चितवन पुर्व मेची पश्चिम महाकालीलाई जाेड्ने संगम थलाे पनि हाे ।

यो विभिन्न जातजाति, धर्म समुदायकाे बस्ती हाे र चितवनलाई ७५ जिल्लाकाे ७७ जिल्ला भन्ने चलन पनि छ । त्यसमाथि पनि चितवन क्षेत्र नम्बर -२ हरेक समय चर्चामा आउने क्षेत्र हाे ! जनयुद्धकाे बेलामा माओवादीकाे लालकिल्ला, ६२\६३ काे जन आन्दोलन पश्चात् माओवादी सेनाका जनमुक्ति सेनाकाे क्यान्टोनमेन्ट यहीँ क्षेत्रकाे शक्तिखाेरमा अवस्थित थियाे । ०६४ सालमा यसै क्षेत्रबाट पहिलेका माओवादीका महासचिव,अहिले एमालेका उपाध्यक्ष राम बहादुर थापा(बादल)नेपाल सरकारका रक्षामन्त्री समेत भए । याे क्षेत्रमा एक गाउँपालिका (ईच्छाकामना) एक नगरपालिका(कालिका) र भरतपुर महानगरपालिकाका १० वटा पर्छन् । याे क्षेत्रकाे अधिकतम क्षेत्र पहाडी विकटताकाे भुगाेल पर्छन् । यी पहाडी भुगाेलमा अधिकतम चेपाङ सम्प्रदायका मानिसहरुकाे बसाइँ छ ।

अहिले चितवन क्षेत्र नम्बर २ काे उपनिर्वाचन बारे विश्वले हेरिरहेको छ । कसले जित्ला,कसले बाजि मार्ला ? भन्ने छ, र चितवन क्षेत्र -२ का मतदाताहरुलाई हामीले कसलाई जिताउदा चितवन क्षेत्र २ काे विकास मात्र हाेईन समग्र चितवनकाे विकास र देशकाे विकास हुन सक्छ भन्नेमा छ ।

केही महिना अगाडि मंसिर ४ गते यहीँ क्षेत्र २ बाट रास्वपाका सभापति रवि लामिछाने जिले ४९ हजार भन्दा माथि भाेटले निर्वाचित भएर जानू भयो । म उहाँलाई राम्रोसँग चिन्दिन र म उहाँको पाटीकाे मान्छे पनि हाेईन् । म एउटा माओवादी विचारधारामा आस्था राख्ने शुभेच्छुक हु ।

गत मंसिर ४ गतेकाे निर्वाचनमा रवि जि ३ बाट र म २ बाट मेरो आफ्नाे क्षेत्रबाट उठ्ने काठमाडौमा रवि जि कै साथिहरुकाे सल्लाहले मैले क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिए , उहाँ एकाएक दर्ता गर्न केही मिनेट बाँकी हुदा उहाँ २ मै मेरै क्षेत्रमा आउनुभयो, किन आउनुभयो , कसले उचाल्नु भयो त्याे कुरा उहाँ आफुले समीक्षा गर्नुहाेला ! मैले यसै बिच एउटा दापमा दुई तरवार राख्न सकिँदैन भनेर मैले गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठको निर्वाचन क्षेत्रलाई समर्थन गरे तर उहाँ पराजय हुन पर्याे । रवि जि सांसद हुनु भयो, हाम्रो क्षेत्रकाे अनि फेरि पुष्पकमल दाहाल नेतृत्वकाे सरकारकाे उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनुभयो ! उहाँ ३४ दिन गृहमन्त्री हुनुभयो । त्याे बेला उहाँले गरेको कामकाे म फ्यान हु । हाम्रो नगरपालिका कालिका नगरपालिका अघिल्लो कार्यकालमा स्थानीय तहमा एमालेले जित्याे। पछि स्वतन्त्र सर्वेक्षणले विकास बारे सर्वेक्षण गर्दा हाम्रो नगरपालिका वाग्मती प्रदेशमा सबै लास्टमा पर्थियाे, बिकासमा, भ्रष्टाचारकाे चाङ छ हाम्रो नगरपालिकामा । फेरि स्थानीय निर्वाचन भयो, पुनः एमालेले नेतृत्व गर्याे नगरपालिकामा केही परिवर्तन भएन, जनताकाे जनजिविकामा ।

रवि जि गृहमन्त्री हुने बित्तिकै हाम्रो क्षेत्रमा भएको खाेला दाेहन राेक्याे, हिजाे देखि नगरपालिकाका प्रमुखले खाेलाकाे टेन्डर नगरी कमिसन खान पाउँने भएर, नगरपालिका प्रमुखमा कम्पन आयाे। उदाहरण:- याे बर्षमा खाेलामा तटवन्धनकाे लागि पैसा पर्याे तटबन्द गर्याे, बर्षामा पानी भल आयाे, ट्याक्टरबाला र टिप्परबालाहरुले कामदारलाई तिमीलाई एक टिपकाे यति भनेपछि पापी पेट पाल्न भएपनि उहि तठबन्धनकाे जालि काटेर ढुङगा ल्याउने अनि बेच्ने । हामी दुनियाँलाई भ्रष्ट देख्ने आखाँले हाम्रो आँखा अगाडि दिनदाँडै भ्रष्टाचार भएको नदेख्ने नजिर कस्ताे ? याे रवि जिले राेक्नु भयो ।

प्रहरीकाे ज्यादती कम भएको थियाे मैले पाेखरा यात्रामा अनुभव गरेको थिए, प्रहरीकाे सरुवाबढुवामा देखे , अनुमति  बिना चलाएको क्रसर बन्द गरेका थिए । जुन दिन रवि जिले सर्वाेच्च अदालतकाे आदेश पश्चात् राजिनामा दिनुभयो त्याे दिन बेलुका बाट अवैध क्रसर खुल्न थाल्याे । रवि जि संसदमा भ्रष्टाचारकाे हरेक फाईल खाेल्छु मलाई सहयोग गर्नुस् भन्दा मेरो मन खुसि थियाे तर एक महिना मै खुसि निराशामा परिणत भयो ।

आफू राजिनामा दिएपछि सत्तासाझेदारी दल माओवादी सँग आफ्नाे कुरा नमिल्दा मन्त्री फिर्ता बाेलाए तर सरकारलाई विश्वासकाे मत कायम राखे, बरु एमाले र राप्रपाले फिर्ता लिए पनि । दोस्रो पटक पनि सम्मानित प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले विश्वासकाे मत लिदा पुनः बिस्बासकाे मत दिए यसले के पुष्टि हुन्छ भने रवि लामिछाने अग्रगमन चाहन्छन् देशलाई अनिर्णयको बन्दी बनाउन चाहदैनन् । रवि जि अलि घमण्डी हुनुन्छ, अलि जिताहा पनि हुनुन्छ, नागरिकता काण्डमा उहाँले गल्ती गर्नुभयो र उहाँले सहजै स्विकार्नु पनि भयाे ! सामान्य बिषयलाई पनि बेबास्ता गर्नाले उहाँले मन्त्री पद गुमाउनु भयो । आज पुनः निर्वाचनमा रवि जिलाई टुरिष्ट भन्दै प्रचार गरेर हिड्दैछन् एमाले र काङ्ग्रेसका उम्मेदवारहरुले । उहाँहरुकाेचिन्तात राष्ट्र प्रति रहेन्छ सिमित वर्ग र सिमित क्षेत्रकाे लागि भन्दा माथि रहेनछ याे अभिव्यक्ति देख्दा, कुनै पनि नेपाली नागरिकले आफुलाई अनुकुल लाग्ने कुनै पनि क्षेत्रबाट लड्न पाउँछन् ।

हामीले कुखुरा भएर भुई खाेस्रेर बसेर हाेईन चील बनेर सारा संसार जित्ने हिम्मत गर्न सक्नुपर्छ । अहिले निर्वाचनकाे मुखमा रास्वपाका सांसद र दुर्गा प्रसाई बिचकाे २ कराेड मन्त्री बन्न भनेर सापट मागेकाे भ्वाइस टेप सार्वजनिक भयो ! मुलतः हामीले दुर्गा प्रर्साई काे हाे ? यिनले आजकल चलाएकाे गतिविधि राष्ट्रकाे लागि छ कि छैन हामीले अनुभव गरेका छाै त ? रास्वपाले ७२ घण्टा भित्र छानबिन गरेर दाेषी रहे जनता माझ घिर्सार्छु भनेर उद्घोष नै गरिसकेका छन् । हामीले समयलाई कुर्नुपर्दैन ? बैङकबाट २० अर्ब रिण खाने अनि रिण तिर्नुपर्दैन भनेर कहिले एमाले बनेर हिड्ने, कहिले राजा बाेकेर हिड्ने दुर्गा प्रसाई ठिक हुन त ? बैङककाे व्याजदर बढी भयो यसलाई घटाउनुपर्छ भन्नुकाे सट्टा रिण तिर्नु पर्दैन भनेर हिड्नु ठिक ?

लिएर रिण तिर्नुपर्दैन ? देशकाे लाउडा विमान बेच्ने जननेता, वाइटबडी काण्डबाला 'बा' बन्छन् , बालुवाटारकाे जग्गा प्रकरणबाला फेरि अर्थमन्त्री बनाएर पुरस्कृत हुने, सिधै ७० कराेड हानेकै हाे भन्ने महान नेता अनि ७० घण्टामा सत्यतथ्य त्याउने नत्र मलाई गडीमाई मन्दिरमा बली दिनुस् मलाई भन्ने चाहिँ अपराधी ? हाे त्यसैले अब रविलाई जेल हाल्नुपर्छ, रवि तपाईं अपराधी हाे । हिजाे मिडियामा हुदा दुनियाँ विदेशमा अलपत्र भएका नागरिककाे उद्दार गरेर, बेथिती बारे बाेलेर, भ्रष्टचार विरुद संसदमा बाेलेर, अवैध खाेलानाला क्रसर बन्द गरेर तपाईंले अपराध गर्नुभयो, अब तपाईंलाई खुल्लेआम भाेट मागेर जितेर जाने अधिकार छैन ! तपाईं अपराधी हाे तपाईं जेल जानुपर्छ । याे सतिले सरापेकाे देश हाे यहाँ तपाईं बाँच्ने अधिकार छैन र ? तपाईंले जति धेरै राम्रो गर्न खाेजेपनि राम्रो गर्न दिदैनन् रवि जि ।

म तपाईं कामकाे फ्यान हु, मेराे भाेट तपाईंलाई नै ।

तपाईंको शुभचिन्तक सुन्दर डल्लाकाेटी !