कसैले अहंकार नगरौं, हाम्रो अहंकार पोहोर साल चक्नाचुर भइसक्यो : प्रचण्ड

  • मङगलबार १८ कात्िक २०८३ ०४:०० PM
काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरूको अहंकार पोहोर साल चक्नाचुर भइसकेको बताएका छन्।पार्टी कार्यालयमा आयोजित उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँगको एकता कार्यक्रममा प्रचण्डले इतिहासबाट शिक्षा लिएर अगाडि बढ्नुपर्ने बताए। ‘हामी कसैले पनि अहंकार नगरौँ। हाम्रो अहंकार पोहोर साल चक्नाचुर भएको छ,’ प्रचण्डले भने।प्रचण्डले फेरि पनि कम्युनिस्टहरूको बृहत् एकता आवश्यक रहेको बताए। विगतका एकताहरू असफल भए पनि कमजोरीबाट