काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वमन्त्री मिनेन्द्रप्रसाद रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।सुनसरीको इटहरीस्थित रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्डस्ट्रिज)को हदबन्दीभन्दा बढी जग्गा बिक्री गरेको दाबी गर्दै आयोगले ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो माग गरेको छ।आयोगका अनुसार कम्पनीले फलफूल उद्योग सञ्चालन गर्ने प्रयोजनका लागि जग्गाको हदबन्दी छुट पाएको थियो। तर, छुटको सर्तविपरीत जग्गा प्रयोग नगरी बिक्री तथा सट्टापट्टा गरिएको