नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा आजबाट सुरु

काठमाडौँ - नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा आजदेखि सुरु हुँदैछ । उद्योगी व्यवसायीहरुको छाता संस्था महासंघको ५७ औं साधारणसभाले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ ।

आजबाट सुरु हुने साधारणसभाले वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल बिधानत स्वतः अध्यक्षमा चयन हुनेछन् भने नयाँ वरिष्ठ उपाध्यक्षलगायत सदस्य पदका लागि भने भोलिबाट निर्वाचन हुनेछ । साधारण सभाले महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ।