जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित ९७ जनाविरुद्ध मुद्दा दायर

  • मङगलबार १८ कात्िक २०८३ ०२:१५ PM
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हदबन्दी छुटको जग्गा गैरकानुनी रूपमा सट्टापट्टा गरी बिक्री वितरण गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । विराटनगरस्थित रिजाल क्यानिङ एन्ड कम्पनी प्रालिको नाममा रहेको जग्गासम्बन्धी प्रकरणमा आयोगले ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो कायम गरेको छ । आरोपपत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, बिगो बराबरको जरिवाना र बिगो असुलउपरको मागदाबी गरिएको छ । प्रतिवादीमा तत्कालीन सङ्घीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृतिमन्त्री एवं मन्त्रिपरिषद्को सामाजिक समितिका तत्कालीन संयोजक डा