काठमाडौँ : शिक्षक सेवा आयोगले आफ्नो १८औँ वार्षिक प्रतिवेदन शिक्षा तथा खेलकुदमन्त्रीसमक्ष पेश गरेको छ । आयोगका अध्यक्ष डा. हरिप्रसाद लम्सालले आज मन्त्रीसमक्ष आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् । प्रतिवेदनमा आर्थिक वर्ष २०८२/८३ मा आयोगले सम्पादन गरेका प्रमुख कार्य, कार्यसम्पादनका क्रममा देखिएका समस्या तथा चुनौती र आगामी कार्यदिशा समेटिएका छन् । साथै, आयोगका समग्र गतिविधि र उपलब्धिबारे विस्तृत विवरण प्रस्तुत गरिएको छ । प्रतिवेदन पेश गर्ने कार्यक्रममा आयोगका अध्यक्ष तथा सदस्यहरू, मन्त्रालयका सचिव, मन्त्रीका सल्लाहकार, सहसचिव, प्रशासकीय प्रमुख तथा शाखा प्रमुखहरूको उपस्थिति थियो । The post शिक्षक सेवा आयोगको १८औँ वार्षिक प्रतिवेदन शिक्षामन्त्रीसमक्ष पेश appeared first on Kalika Khabar.